आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार (१४ मंसीर)छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले दुवै पक्षविचको छलफलपछि मात्रै अन्तरिम आदेशवारे निष्कर्षमा पुग्न उपयुक्त हुने भनी दुवै पक्षलाई झिकाउन आदेश गरेको हो ।

सफलता बोगटी लगायतले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्नु गैरकानूनी हुने दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले प्रारम्भिक सुनुवाईपछि दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

नागरिकताको विवादमा परेकी अनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।