skip this काठमाण्डौं महानगरपालिका ११

दिल्ली मेट्रो स्टेशन अगाडी एक व्यक्तिले हामफाले

दिल्लीको आईएनए  मेट्रो स्टेशन अगाडि  एक व्यक्तिको ज्यान गएको छ । प्रहरीका अनुसार शनिबार साँझ करिब साढे ७ बजे ती व्यक्तिले मेट्रो अगाडि हाम फालेको प्रत्यक्षदर्शीले बताएका थिए ।

घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा उनी ट्र्याकमा मृत अवस्थामा फेला परेका थिए । ती व्यक्तिको शवलाई अखिल भारतीय आयुर्विज्ञान संस्थानको शवगृहमा राखिएको भारतस्थित महानगरका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा राष्ट्रिय राजधानीको सत्य निकेतन क्षेत्र निवासी करिब ३० वर्षीय अजितज रहेको बताइएको छ ।