- शिवशिखर बहुउद्देश्यीय सहकारीसंस्था भक्तपुले १५ अर्ब
- गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंले १० अर्ब
- कान्तिपुर बहुदेश्यीय सहकारी संस्था काठमाडौले ८ अर्ब
- सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्था सोल्टीमोडौ ७ अर्ब
- देउराली बहुउद्देश्यीय सहकारी संस्था–ललितपुर ३ अर्ब
- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की, पोखरा १ अर्ब
- सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ,पुल्चोक ललितपुर १० अर्ब
- ओरियन्टल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड काठमाडौं १० अर्ब
- तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालय–मोरङ १ अर्ब ४५ करोड
- प्रज्ञान बचत तथा सहकारी संस्था बलम्बु काठमाडौ करिब १८ करोड रुपैयाँ
- भरोसा नेपाल सहकारी, नयाँ बानेश्वर, ६ करोड २५ लाख
- गुडविल बचत तथा ऋण सहकारी संस्था, ललितपुर कुमारीपाटी करिब ८० करोड
- बराह बचत तथा ऋण सहकारी संस्था, धरान २० करोड
- ईमेज सहकारी, ढोरपाटन, २ अर्ब
सर्बसाधारण जनताको अर्बौ रकम ठगेर दर्जनै सहकारीका सञ्चालक फरार छन । केही सहकारीका संञ्चालक जेलमा छन । केही सहकारीका संञ्चालक बिरुद्ध ईन्टरपोलबाट पक्राउ पुर्जि जारी भएको छ । नामै लिदा पनि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था भक्तपुले १५ अर्ब भन्दा बढी सर्वसाधारणको रकम हिनामिना ग–यो । त्यसैगरी,. गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर काठमाडौंले १० अर्ब भन्दा बढी रकम हिनामिना गर्यो ।
यस्तै कान्तिपुर बहुदेश्यीय सहकारी संस्था काठमाडौले ८ अर्ब भन्दा बढी ,सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्था सोल्टीमोड काठमाडौंले ७ अर्ब भन्दा बढी ,देउराली बहुउद्देश्यीय सहकारी संस्था–ललितपुरले ३ अर्ब भन्दा बढी ,सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीपोखराले १ अर्ब भन्दा बढी ,सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ,पुल्चोक, ललितपुरले १० अर्ब भन्दा बढी ,ओरियन्टल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड काठमाडौंले १० अर्ब भन्दा बढी ,तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालय–मोरङले १ अर्ब ४५ करोड ,प्रज्ञान तथा बचत सहकारी संस्था बलम्बु काठमाडौ करिब १८ करोड रुपैयाँ , इृमेज सहकारी ढोरपाटनले २ अर्ब , नयाँ बानेश्वरको भरोसा नेपाल सहकारीले ६ करोड २५ लाख ,ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्था करिब ८० करोड रुपैयाँ धरानमा रहेको बराह समुह अन्तर्गत रहेको बराह बचत तथा ऋण सहकारी संस्थामा २० करोड , हिनामिनाहिनामिना गरे पछि उनीहरु माथि कानुनी कारवाही चलि रहेको छ ।सहकारीले बढी सामन्य जनतालाई ठगेका छन ।
किनकि सर्वसाधारणले बैंकमा भन्दा केही बढी ब्याजको आउने आशामा आफ्नो रकम सहकारीमा राख्ने गर्दछन । यसरी सहकारी संस्थाहरुबाट लाखौं जनता ठगीदा पनि सरकारले भने कुनै प्रभाबकारी कदम चालेको देखिदैन । सहकारीले सहजै ठग्नसक्ने अवस्था सिर्जना हुनुमा सरकारी अनुगमनको कमजोरी हो ।
सहकारी विभाग ठूला सहकारी सञ्चालकको कब्जामा छ भनेर यसअघि नै सहकारी क्षेत्रकै ब्यक्तिहरुले भन्दा सरकारले सुनेन । कयौ ब्यत्तिले आफ्नो जीवन भरको कमाई अर्थात जागिर खाएर उपदान आएको पैसा समेत सहकारीमा राखेका थिए अब उनीहरुको अवस्था के होला ? सरकार खै गम्भिर बनेको ? सहकारीका संञ्चालक थुन्दैमा वा प्रकाउ पुर्जिजारी गर्देमा सर्बसाधारणको पैसा हातमा आउदैन । पिडित जनताको रकम कसरी उठाउने सरकार त्यसमा गम्भिर बन्नु पर्दछ तर यस तर्फ सरकार गम्भिर देखिदैन ।
अहले बजारमा आर्थिक क्रियाकलापमा कमि आउनुका धेरै कारण मध्ये यो पनि एउटा कारण हो । त्यसैले सरकारले अर्थतन्त्रकै कोणबाट पनि यसमा ध्यान दिनु पर्दछ । नभए सरकारबाट अनुमति लिएर चलाएका संस्थाबाट जनता ठगिदा जनतालाई सकारले राहत दिने र सहकारीबाट सरकारले उठाउने तर्फ सोच्ने कि ?




















