जोर्डनस्थित एक अमेरिकी चौकीमा रातभर भएको ड्रोन हमालमा अमेरिकी सेनाका तीन सैनिकको मृत्यु भएको छ भने दर्जनौं सैनिक घाइते भएका छन् ।
उत्तर–पूर्व जोर्डनमा रहेको एक अमेरिकी बेसक्याम्पमा लगातार ड्रोन हमला भएकोले त्यहाँ तीन सैनिकको मृत्यु भएको र २५ जना घाइते भएको सीएनएनले आइतबार पुष्टि गरेको छ ।





















