skip this वडा नं १६ बालाजु च:मती

लाहानमा मोतिविन्दुको शल्यक्रिया नि:शुल्क हुने

सिरहाको लाहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया नि:शुल्क गरिने भएको छ । शल्यक्रिया नि:शुल्क गरिने सम्बन्धमा लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरेका हुन् ।

एक हजार लहानवासीको मोतिविन्दुको शल्यक्रिया नि:शुल्क गर्ने लक्ष्य रहेको नगरप्रमुख चौधरीले बताए । सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडा वडामा नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाको उपचार गरिएको नगरपालिकाले जनाएको छ।