आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) भारतको मुम्बईमा आज बिहीबारदेखि सुरू भएको छ । एसियाकै ठूलो मानिने पर्यटन मेलामध्येको ओटिएममा पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को नेतृत्वमा नेपालका २३ पर्यटन व्यवसायीहरू सहभागी छन् ।
तीन दिनसम्म चल्ने उक्त मेलामा टानको अगुवाईमा नेपालका पर्यटन व्यवसायीहरू मेलामा सहभागी हुन पुगेका हुन् । विगतका वर्षहरूमा नेपाल पर्यटन बोर्डमार्फत विभिन्न क्षेत्रका व्यवसायीहरू यस्ता कार्यक्रममा पुग्थे । तर, यस वर्ष बोर्डको अन्तरिक कारणले सहभागिता नभएपछि टानले यसको नेतृत्व लिएको प्रथम उपाध्यक्ष प्रदिप पण्डितले बताए ।





















