skip this वडा नं १६ बालाजु च:मती

कामना सेवा विकास बैंक र भिगोर सुपर स्पेसियालिटि क्लिनिकबीच समझदारी

कामना सेवा विकास बैंक र काठमाडौंको महाराजगंजस्थित भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिबीच समझदारी भएको छ । उनीहरुबीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतानुसार बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।