सहकारीले सर्बसाधारण जनताको अर्बौ रकम ठगेर बिचल्ली पारिरहेका समाचार सेलाउन नपाउदै अब बैकहरु समेत समस्यामा परेका समाचार प्राप्त हुन थालेका छन । यसअघि पनि गोरखा बिकास बैंक, डेप्लपमेन्ट बिकास बैंक जस्ता बैंक डुब्दा बचतकर्ताको करोडौं रकम डुबेको थियो ।
अहिले भने ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासाथ चलिरहेको एनआईसी एसिया बैंक समस्यामा परेको स्रोतले बतायो । यसअघि आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा एनआईसी एसिया बैंकको पुँजीकोषमा अपुग हुँदा राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो । यो पटक पनि राष्ट्र बैकबाट एनआईसी वा सेल रिपोर्ट अध्ययन भइरहेको छ, अध्ययन भएपछि के गर्ने भन्ने निर्णय हुने छ ।
यद्यपी बैंकले भने वासेल रिपोर्ट अध्ययन भइरहेका कुरा स्वीकारने भन्दा सूचना निकालेर ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने कपोकल्पित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचार सत्य नभएको जनाएको छ । एनआईसी एशिया बैंकले २ खर्ब ९३ अर्ब रुपैया कुल कर्जा प्रवाह गरेकोमा करिब १ खर्ब ३४ अर्ब रुपैया आवासिय कर्जा दिएको उसको रिपोटहरुमा देखिन्छ । यसमा पनि तोकिएको प्रतिशतभन्दा बढी आबास कर्जा दिएको भनि सम्वन्धीत निकायबाट छानवीन भइरहेको स्रोतले बतायो ।
बैंकले कुल पूँजीको २५ प्रतिशत मात्रै आवसिय कर्जा दिन पाउँछन तर एनआईसी एसिया बैंकको यो भन्दा बढी प्रतिशत आवसिय कर्जा भएको देखिन्छ । बिगत २६ वर्षदेखि चलिरहेको एनआईसी एसीया बैंक वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको बैंकसमेत हो । यसका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाखभन्दा बढी ग्राहक आबद्द रहेको सोही बैंकले जनाएको छ । जति ठुलो बैंक त्यति धेरै ग्राहक बैंक डुब्दा उतिनै धेरै पिडित हुने डर । त्यसैले यसबारे बैंक होईन राष्ट्र बैंक बोल्न जरुरी छ ।
त्यसोत एनआईसी मात्र होईन अरु बैंक पनि भित्रभित्रै संकटमा छन । दुर्गा प्रसाईंको अभियान, देशको शिथिल अर्थतन्त्र, सरकारको गलत आर्थिक नीति स्वयम बैंकका संचालकले गर्ने बदमासी कारण धेरै बैंक धरासायी हुने खतरामा रहेको र त्यसको मार सहकारीमा जस्तै बैंकमा पैसा राख्ने निक्षपकर्तालाई पर्नसक्ने भन्दै बैंकिड क्षेत्रका बिज्ञहरु चिन्तित देखिन्छन । यसतर्फ नियामक बैंक राष्ट बैंक सचेत रहनु पर्ने देखिन्छ ।




















