एसिसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३औँ ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी छन् । उनले ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई २९ रनमा एलबिडब्लूको धरापमा परिन् ।
अर्को बलमा मेयर ओमारनलाई शून्यमा विकेटकिपर कजलबाट स्टमपिन गराइन्। ओभरको चौथो बलमा कुवेतकि कप्तान अम्ना शरिफ तारिकलाई पनि शून्यमा एलबिडब्लूको धरापमा परेपछि उनीले ह्याट्रिक पूरा गरिन् । सीताको ह्याट्रिकसँगै कुवेतलाई नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ७३ रनमा रोक्यो । उसका लागि प्रियदाले २९ रन जोडिन् ।
बलिङमा नेपालकी सीताले ३ विकेट लिँदा रुबिना क्षेत्री र कविता कुँवरले २–२ विकेट लिन सफल भए । आजको खेलमा जित हात पारे नेपालले सेमिफाइनलमा जापान वा मेलेसिया मध्ये एक टिमसँग खेल्नेछ ।






















