skip this काठमाण्डौं महानगरपालिका ११

रुबिनाको ऐतिहासिक कृतिमान

कीर्तिमानी जितसहित नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार माल्दिभ्समाथि २ सय १४ रनको कीर्तिमानी जित निकाल्दै नेपालको महिला टिमले अन्तिम ८ मा स्थान बनाएको हो । रुबिना क्षेत्रीको १ सय १८ रनको सतकीय इनिङ्समा नेपालले ४ विकेटको क्षतीमा २ सय २७ रन बनाएको थियो ।

महिला टी ट्वान्टी क्रिकेटको इतिहासमा रुबिना क्षेत्रीले पहिलो शतक बनाउँदा पुजा महतोले ५९ रनको शानदार इनिङ्स खेलेकी थिईन । सिता राना मगरले १५ र कबिता कुँवरले १३ रन बनाएकी थिईन् । जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १३ दशमलव ५ ओभरमा १३ रनमा समेटियो ।

नेपालका लागि अश्मिना कर्मचार्यले ४ विकेट र पुजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिएपछि नेपालले माल्दिभ्समाथि ऐतिहासिक जित निकालेको हो । नेपालले समूह चरणका तीन वटै खेलमा जित निकाल्दै समूह विजेता बनेर क्वार्टरफाइनल प्रवेश गरेको हो । नेपालले समूह चरणमा माल्दिभ्ससहित भुटान र माल्दिभ्सलाई हराएको थियो ।