नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसका वडाध्यक्षदेखि मन्त्रीसमेतको सम्पत्ति छानबिन गर्ने हो भने आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्न सक्ने बताएका छन् । उनले ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा गुरुङले भने, ‘वडाध्यक्षदेखि मन्त्रीसमेतको सम्पत्ति छानबिन गर्ने प्रस्ताव यो महासमितिमार्फत पास गरौँ ।’ त्यस्तै, उनले क्रोनी क्यापिटलिजमका कारण आर्थिक सुशासन कायम हुन नसकेको पनि बताए । उनले नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापिटलिजमको प्रभाव नेपाली कांग्रेसमा समेत पर्दा सही बाटो पहिल्याउन नसकेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् । गुरुङले भने, ‘क्रोनी क्यापिटलिजमका कारण नेपालमा नेताहरु व्यापारी र व्यापारी नेताजस्ता देखिए ।’
अबका दिनमा क्रोनी क्यापिटलिजमको विरुद्धमा एक ठाउँमा उभिएर अघि बढ्न सक्नुपर्नेमा उनको जोड थियो । कानुन मन्त्रीसमेत रहेका गुरुङले क्रोनी क्यापिटललिजमकै कारण आर्थिक सुशासन कायम गर्न नसकिएको बताएका छन् ।





















