वीरगन्जका केही क्षेत्रमा आज सोमबार बेलुका पाँच बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सोमबार वीरगन्जमा भएको विरोध प्रदर्शन र जुलुसका क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फुयु आज बेलुकी ५:०० बजेदेखि अर्को आदेश नभएसम्मको लागि जारी गरिएको छ ।























