उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच ‘बालकुमारी घटनाको छानबिन प्रतिवेदन’ मन्त्रीपरिषद्का सदस्यहरुलाई उपलब्ध गराउने विषयमा भनाभन भएको छ ।
स्रोतका अनुसार बालकुमारी घटनाबारे सत्य तथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले गत शुक्रवार उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन सबैले जान्न पाउनुपर्छ भन्ने विषयलाई लिएर दुई मन्त्रीबीच भनाभन भएको हो ।





















