skip this वडा नं १६ बालाजु च:मती

प्रतिपक्षी दलले गरे संसद् अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका दलले आज शुक्रबार संसद् अवरुद्ध गरेका छन् । सरकारले आफूहरुले उठाएको कुरा सम्बोधन नगरेको भन्दै एमालेले उठेर अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले आकास्मिक समय सकेर नियमित कार्यसूचीमा प्रवेश गरेको जानकारी दिए लगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले सहितका सांसदहरुले उठेर विरोध गरेका हुन् ।

सभामुख घिमिरेले पटकपटक संसद् सुचारु गर्नका लागि आग्रह गरे पनि उनीहरु नमानेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।