बालुवाटारमा आज शुक्रबार प्रदर्शन गर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । राष्ट्र बैंक अगाडिको निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रदर्शनकारीहरुलाई प्रहरीले रोकेको थियो ।
त्यसपछि प्रहरी र प्रदर्शनकारीहरू बीच धकेलाधकेल भएको हो । निषेधित क्षेत्र तोड्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





















