skip this काठमाण्डौं महानगरपालिका ११

इन्भेष्टमेन्ट मेगा बैंकको थली र कमलविनायकमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले थली र कमलविनायकमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं.१० मा कमलविनायक शाखा विस्तार गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उनले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । हाल बैंकले देशभरी दुई सय ७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखा रहित बैंकिङ र दुई सय ६४ वटा एटिएममार्फत् सेवा प्रदान गरिरहेको छ ।