नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री तोकिनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो।यस्तै, बैठकले संयुक्त राष्ट्रसङ्घको ‘कमिसन अन दि स्टाटस अफ वुमन को ६८ औँ सत्र’ मा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति प्रदान गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुलाई बधाई दिनुहुँदै सफल कार्यकालका शुभकामना दिनुभएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताउनुभयो । उहाँले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने जानकारी दिनुभयो ।

















