skip this वडा नं १६ बालाजु च:मती

सिराहाको गोलबजारमा आफ्नै घरभित्र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला ।

सिराहाको गोलबजारमा आफ्नै घरभित्र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला ।

सिराहा । सिराहाको गोलबजारमा आफ्नै घरभित्र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । यसरी हत्या गरेको अवस्थामा फेला परेको शब गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमतीको हो करिब ३५ वर्षीय अनिता कुमारी साहको हो स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएको साह दम्पती मात्र उक्त घरमा रहेको ब्भिएको छ । शब धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गए राती अबेर अनिताको श्रीमान् महेन्द्र आत्तिएर बाहिर निश्किए पछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर बेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्‍याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।