skip this वडा नं १६ बालाजु च:मती

उपेन्द्र यादवले आज उपप्रधान तथा स्वास्थ्यमन्त्रीको शपथ लिने

जनता समाजवादी पार्टी(जसपा)बाट उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ आज लिने छन् । जसपाबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीहरूले पनि आज पद तथा गोपनीयताको शपथ लिने छन् ।

पार्टीबाट नवलकिशोर साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।