skip this वडा नं १६ बालाजु च:मती

उपनिर्वाचनको उम्मेदवार बन्न स्व.नेम्वाङका छोरा सुहाङले दिए निवेदन

पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् । आगामी १५ बैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका हुन् ।

एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वमा अध्ययन कार्यदल गठन गरेको छ । सोही कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो ।

संयोजक राईका अनुसार, अहिलेसम्म उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलाल गरी चार जनाले निवेदन दिएका छन् ।