skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अध्यक्षको निर्वाचन हुन लागेको हो ।

आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय बैठक)ले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो । संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’