skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रियसभा अध्यक्ष पदको निम्ती सत्तागठबन्धनबाट नेकपा माओबादी नारायण दाहाल र काग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदको निम्ती सत्तागठबन्धनबाट नेकपा माओबादी केन्द्रका नारायण दाहाल र प्रतिपक्षी दल नेपाली काग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहेका छन । अध्यक्षकालागि भोलि बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहालको जित लगभग पक्का देखिएको छ । उम्मेदवारी दर्ता पछि कांग्रेस उम्मेदवार शर्माले लोकतन्त्रमा कसैको हार वा कसैको जित नहुने बताए ।