skip this काठमाण्डौं महानगरपालिका ११

प्रधानमन्त्रीको पद बाँड्न अहिलेको गठबन्धन गरिएको हैन: ओली

नेकपा (एकीकृत समाजवादी)का नेताले अबको १५ महिनामा प्रधानमन्त्री फेरिने र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने बताइरहदा सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा १५ महिनापश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका छन् । आज बुधबार प्रतिनिधिसभा बैठकमा उनले अखबारमा आएजस्तो १३ वा १५ महिनामा प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे ।

‘१३/१५ वर्ष प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो सरकार परिवर्तन किन भएको ? सहकार्य किन गरेको ? गरिमा घटाएको छ । यो खबर अनुचित कुरा हो’, ओलीले भने, ‘त्यहाँ मेरो पनि नाम देखेँ । प्रधानमन्त्री हुनैका लागि हामीले यसो गरेको छैन । मलाई प्रधानमन्त्रीको इच्छा हैन ।’