skip this काठमाण्डौं महानगरपालिका ११

आज सहकारी पीडितले काठमाडौंमा प्रदर्शन गर्ने ।

काठमाडौं । आज सहकारी पीडितले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौमा भेला भएका पीडितहरुले विभिन्न पाँच स्थानबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा पुगेर सभा गर्ने जनाएका छन् । प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रविन्दु तोकिएको छ । ती पाँच स्थानबाट बिहान ११ बजे बाट जुलुश सहित सुन्धारामा पुगि त्यहाँ सबै टोली भेला भएर भृकुटीमण्डप पुगेर सभा गर्ने जनाएका छन ।
प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको गर्दै छ ‘विगतमा सहकारी मन्त्रीले चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गर्ने भने पनि उक्त समयमा फिर्ता नभएकाले उनीहरुले आन्दोलन गर्न लागेको जनाएका छन ।