काठमाडौ । सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा आज बिहान ३ बज तीर कुकर बम विस्फोट भएको छ। दुम्जा डाँडास्थित विपी पार्कमा रहेको नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र उक्त कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । बिष्फोटनबाट कम्पाउन्डभित्र रहेको पक्की घरको झ्यालमा क्षति भएको छ । घटना स्थलमा जन मुक्ति सेना लेखिएको पर्चा पनि बरामद भएको सिन्घुली प्रहरीले जानकारी दिएको छ ।विस्फोटमा संलग्नहरूको खोजीकार्य तीव्र पारिएको सिन्धुली प्रहरीले जनाएको छ।





















