skip this वडा नं १६ बालाजु च:मती

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

रौतहटमा शिव मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । रौतहट प्रहरीका अनुसार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

घाइते साहलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । गोली चलाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । लुटेराको समूहले लुटपाट गर्ने उद्देश्यले गोली चलाएको बताइएको छ । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेकाले अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।