इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश कमिटी बैठकले एमाले नेता स्व.सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले स्व.सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ, एमाले नेता बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी दुलाललगायत जिल्लाबाट आएका आकांक्षीहरु मध्येबाट ६ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको बताए । प्रदेशबाट सिफारिस भएको नामका आधारमा केन्द्रले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए ।
एमालेले नै जितेको क्षेत्र भएका कारण गठबन्धन दलले पनि एमालेलाई नै सहयोग गर्ने भएका कारण निर्वाचन जित्नेगरी तयारी गर्ने निर्णय भएको उनले बताए ।

















