दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल घरबाटै पक्राउ ।

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल बिहीबार साँझ पक्राउ परेका छन् । केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो। उनलाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै निवासबाट पक्राउ गरेको आम आदमी पार्टीले जनाएको छ । साँझ ७ तिर केजरीवालको घरमा पुगेको निर्देशनालयको टोलीले उनीसँग २ घण्टा उनको घरमै सोधपुछ गरेको थियो । उनलाई मदिरा नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ । मुख्यमन्त्री केजरीवालले जेलबाटै भएपनि सरकार चलाउने बताएकी छन् । मुख्यमन्त्री केजरीवालको कानुनी टिमले भारतीय सर्वोच्च अदालतलाई यो घटनाको तत्काल सुनुवाइ गर्न माग गर्दै अपिल समेत जारी गरेको छ ।यसअघि बिहीबार दिउँसोे उच्च अदालतले मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने निवेदन खारेज गरेको थियो।