अपहरणपछि हत्या गरेको आरोपमा नेकपा(माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज मंगलबार पक्राउ गरेको हो ।
माओवादीको राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । प्रहरीका अनुसार उनीमाथि २०६५ वैशाख १५ मा व्यापारी श्रेष्ठको हत्या गरेको आरोप छ । उक्त मुद्दामा उनी फरार थिए ।


















