शिक्षाका नाममा निजि बिद्यालयको लुट 

यति बेला एकातर्फ सरकारले भर्ना अभियान भनेर सुरु गरेको छ । अर्कोतर्फ माध्यमिक शिक्षा परीक्षा (एसईई ) सकेर बसेका बिद्यार्थीलाई लक्षित गरेर उच्चमाध्यमिक बिद्यालयहरुले पनि धमा धम भर्नाका बिज्ञापनहरु गरिरहेका छन । निजि बिद्यालयहरुले आफ्नो बिज्ञापन गर्दा निकै बढाई चडाई गरेर बिद्यार्थी र अभिभावकहरुलाई भ्रममा पार्ने गरेको पाईएको छ ।यस्तो झुट र बढाई चढाई बिज्ञापन गर्नेहरुलाई सम्वन्धित निकायले कार्वाही गर्नु पर्दछ । यस्तै भर्ना गर्दा निजि बिद्यालयहरुले अनेक बाहनामा शुल्क लिने गरेका छन । सरकारको नियममा शिक्षण शुल्क भन्दा अरु लिन नपाईने ब्यवस्था छ । तर निजि कलेज र उच्च मा.बि हरुले बिभिन्न शिर्षक राखेर अभिभावक संग लुटे सरी पैसा उठाउने गरेका छन । निजि बिद्यालयहरुमा कमप्युटर , ल्याब , अतिरिक्त कृयाकलाप , लाईब्रेरी जस्ता शिर्षकमा रकम लुट्ने मात्र होईन उनीहरुले भनेकै ठाउँबाट कापि किताब किन्नु पर्ने, डे«स पनि उनीहरुले भनेकै ठाँउबाट किन्नु पर्ने बाध्यता छ । अहिलको समयमा अभिभावकले शिक्षा स्वाथ्यको लागि ऋण खोजेरै भए पनि पैसा तिर्दछन । यसकै फाईदा निजी बिद्यालयहरुले लिई रहेका छन ।
अर्काे तर्फ सरकारी बिद्यालयहरुमा पनि भर्ना अभियान भने पनि केही बिद्यालयबाहेक बिद्यार्थीको खासै आकर्षण छैन । केही सामुदायिक बिद्यालयमा भने राम्रै आकर्ष छ । सरकारले भर्ना अभियान चलाउने मात्र होईन । सरकारी वा सार्वजनिक बिद्यालयको शैक्षिक गुणस्त कसरी बढाउने र बिद्यार्थीलाई आकर्षशित कसरी गर्ने भनेर पनि ख्याल गर्नु पर्ने देखिन्छ । सामुदायिक र सार्वजनिक शिक्षाको निम्ती सरकाले प्रयाप्त रकम खर्चेको छ तर उपलब्धी रकम खर्चे जस्तो भएको छैन । त्यसैले सरकारले भर्ना अभियान चलाई रहँदा वा नयाँ भर्ना लिई रहदाँ शिक्षा क्षेत्रमा भएका बिकृतीको अन्त्य कसरी गर्ने अनि निजि बिद्यालयहरुमा भएको लुट कसरी अन्त्य गर्ने भनेर पनि ख्याल गर्नु पर्ने देखिन्छ ।