राप्रपा नेपालमा अन्य राजनीति दलहरू भन्दा फरक दृष्टिकोण भएको राष्ट्रवादी सोच लिएर अगाडी बढिरहेको शक्तिको रुपमा आफ्नो परिचय बनाउन सफल राजनीति दल हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष माननीय राजेन्द्र लिङदेन ले राजनीति दल र कर्मचारी प्रशासनलाई भ्रष्टाचार मुक्त बनाउन , देशमा सुसाशन कायम गर्न र देशमा उध्योग उत्पादन र रोजगारिको ग्यारेन्टी गर्न, सर्बधर्म समभावपुर्ण वैदिक सनातन हिन्दुराज्य निर्माण , संघियता खारेजी , जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारिणि प्रधानमन्त्री , राजसंस्था पुनस्र्थापन गर्नका लागि सडक र सदन दुबै प्रयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ। “भ्रष्टाचार गरेर खानुभनेको आमाको रगत खानु सरह हो“ भनेर प्रण गर्नुभएको छ । यसरी प्रण गर्ने नेपालको राजनीति दलहरुमा पहिलो नेता नै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन हुनुहुन्छ ।
धेरैले नेपाललाई सिंगापुर बनाउछु भने , स्वईजरल्याण्ड बनाउछु भन्नेहरु पनि आए कसैले के बनाउछु भने कसैले के भने तर साच्चिकै नेपाल बनाउछु भन्ने कोहि आएनन् ।
बनाउने काम त क्यै पनि गरेनन्, गाउँ गाउँमा जग्गा जमिन बाँझिएको छ , युवा जनशक्ति बिदेश पलायन भएको छन। भ्रष्टाचारको अखडा मात्रै बनाए दलहरू भ्रष्टाचारको दलदलमा भासिएर गए , दलका नेता मन्त्री र मन्त्री का परिवारले नेपाली नागरिक लाई चर्को मुल्य मा बिक्री गरेर भुटानी सरणार्थी बनाउन सफल भए । दलहरू काण्डै काण्डमा चुर्लुम्मै डुबे नागरिक लाई दलहरू प्रति आशा र भरोशा हटदै गएको छ। देशमा विभिन्न कालखण्डमा भएको आन्दोलनहरु ले ब्यबस्था बदलिएको छ तर देश र नागरिकको अबस्था बदलिएको छैन । यो ब्यबस्थाले धनि झन धनि भएको छन गरिब झन गरिब भएको छन । देश भित्र नागरिकलाई गरिखाने रोजगारिको कहि कतै वातावरण छैन । बाच्नका लागि बाध्यताले भएको रेखोपाखोजग्गामा जमिन बन्धक राखि ऋण धन गरि बिदेशिन बाध्य छन। राजनीति दलहरूले पालैपालो गठबन्धन गरेर जनताले खाई नखाई ऋण धन गरेर तिरेको कर सरकारमा बसेर गिद्धले सिनो लुछे जसरी तछाडमछाड लुछालुछ खोसाखोस गरि कस्ले बढी खान सक्छन्, लुछ्न सक्छन् दुई चार पुस्तालाई पुराउने गरि खाईरहेका छन । कत्ति पनि देशको चिन्ता छैन , कत्ति पनि जनताको चिन्ता छैन, देश जोगाउनु पर्छ र बनाउनुपर्छ भन्ने त छदैछैन । देखिएको पनि छैन ।
खै कसलाई पो भनौ कुन दलको नाम लिउ र ? बर्षौ बर्ष विभिन्न वाद र बिचारको आन्दोलन गरेका, जनताको छोराछोरि मारेका, राज्यको धनजनको ठूलो क्षेति गरेका तिनकै टाउकोमा टेकेर राज्य सत्तामा पुगेका नेताहरूको पनि परिवार वाद मात्रै रहेछ भन्ने छर्लङ्ग देखियो । काहिँ आफ्नै सासू राजदुत , काहिँ आफ्नै ससुरा आयोग र आयोजना प्रमुख साला सालि राजदूत मन्त्री , छोरा छोरि बुहारी मन्त्री, मेयर संसद भाई सभामुख / राष्ट्रिय सभा अध्यक्ष भतिजा भान्जा भान्जी नातागोता संबैधानिक निकायमा भर्तिकेन्द्र मात्रै बनाए । शक्ति र सत्ताको आडमा ठूलाठूला नितिगत भ्रष्टाचार नै भ्रष्टाचार सरकारि सम्पत्ति हडप्ने , लाउडा काण्ड ,एति काण्ड , ओम्नि काण्ड , वाईडबडि काण्ड , फोर जि काण्ड , एनसेल काण्ड ,सरकारि उद्योग कलकारखाना बिक्री काण्ड , ललितानिवस जग्गा काण्ड कति खाए कति …….
राज्य सत्तामा पुगेपछि ज्यानको बाजि राखेर आन्दोलन गर्ने , गोलि खाने , अंगभंग हुने अपांग , सहिद परिवार हरु लाई कहिल्यै पनि काहि कतैबाट खोजि भएको र राहत ब्यबस्थापन र पुन:स्थापन गरेको देखिदैन । जनताले न्याय पाउनुपर्ने अन्याय भोगिरहेका छन , सुशासन पाउनुपर्ने कुशासन भोगिरहेका छन।
त्यसैले यो ब्यबस्थाको बिरुद्ध राप्रपाले “अबस्था बदल्न ब्यबस्था बदलौ“ भन्ने मुल नाराको साथमा सरकार समक्ष ४० बुदे ध्यानाकर्षण पत्र बुझाएको थियोे । सरकारले उक्त ध्यानाकर्षण पत्रलाई बेवास्ता गरेको कारण चैत्र २७ गते बृहत जनआन्दोलनको घोषणा गरि देशै भरका राष्ट्रवादि नागरिकहरु काठमाडौमा भेला भई आन्दोलनमा उत्रिएपछि भद्रकाली सिहंदरवार सडकमा खण्डमा हजारौं लाखौंलाखको भिडले सरकारको निषेधित क्षेत्र तोडन सफल भयो ।
निषेधित क्षेत्र तोडने क्रममा प्रहरीले लाठीचार्ज गर्याे ,पानीको फोहोरा बर्षायो , सयौं राउन्ड अस्रुग्यास टियर ग्यास फायरिङ गर्याे र आन्दोलनमा सहभागी नेताकार्यकर्ता र नागरिकहरु लाई तितरबितर बनायो । आन्दोलनमा सहभागी नेताकार्यकर्ताहरु हताहत भए, सयौंको संख्यामा अंग भंग भए, घाइते भए । यसै आन्दोलन मा घाइते भएका बर्दिया जिल्ला मधुवन नगरकार्यसमिति को अध्यक्ष ठाकुर प्रसाद डागिको उपचार हुदाहुदै छाउनीस्थित नेपाली शैनिक अस्पतालमा दुखद निधन भएको छ। मृतक डागिको पार्थिव शरीर वहकै गृह जिल्ला बर्दिया पठाएको छ। मृतक डागि लाई सहिद घोषणा गर्न र क्षेतिपुर्ति दिन पार्टीले सरकार संग जोडदार माग गरेको छ। आन्दोलन मा घाइते बिरामी नेताकार्यकर्ताहरुको काठमाडौको विभिन्न अस्पतालहरुमा पार्टीको तर्फबाट उपचार भईरहेको छ। अहिलेको यो ब्यबस्था परिवर्तनको आन्दोलनमा मृत्युुबरण गर्नुभएको मृतक डागि पहिलो सहिद हुन र वहालाई सरकारले उच्च सम्मानको साथ सहिद घोषणा गर्नुपर्दछ । निज मृतक डागिको मृत्यु पछि पार्टीको उच्चस्तरीय बैठक बसेर निर्णय गरे पछि आन्दोलनले उग्ररुप लिने पार्टीका जानकारहरुले बताएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनको कारण ब्यबस्था परिवर्तनको लडाइँमा शाहदात प्राप्त गर्ने महान योद्धाको माग पुरा गर्नका लागि पनि अब देशमा राजा , राजसंस्था, सर्बधर्म समभावपुर्ण वैदिक सनातन हिन्दुराज्य पक्षधर राष्ट्रवादी नागरिक समाज , विभिन्न नामको पार्टी , समूहहरु एकजुट हुन आवश्यक देखिएको छ। बिचार एउटै लिने, बोलि एउटै बोल्ने, उस्तै प्रकारको अभियान चलाउने, कार्यगत एकता नगर्ने अनि सबै एकजुट नहुने हो भने ५० ठाउँमा फरकफरक खुद्रा पसल थापेर म ठुलो हु भनेर महत्त्वकांक्षि बनेर कसैको पनि लक्ष्य प्राप्ति एवं उदेश्य प्राप्ति हुने वालाछैन । त्यसकारण बेलैमा सबै नेताकार्यकर्ता अभियान्त राष्ट्रवादी साथीहरूले बुझ्नुपर्छ , कि अब हामीले एक्ला एक्लै लडेर कहि पुगिदैन । सबैलाई भगवान श्री पशुपति नाथले सदबुद्धि दिउन । जय राष्ट्रवाद, जय जनता ।
लेखक खड्का राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय संगठन बिभागमा हुनु हुन्छ ।