बझाङमा एमालेका भण्डारी विजयी

बझाङ क्षेत्र नं.१ को प्रदेशसभा(क)मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

आज सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१२ मत ल्याएर भए उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् । यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत पाएका छन् । सोहीअनुसार नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मतमत पाए । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।

बझाङ प्रदेशसभा १ मा आइतबार मध्यान्हदेखि मतगणना सुरु भएको थियो । यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा यसपटक उपनिर्वाचनमा एमालेले बाजी मारेको छ । २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।