वातावरण प्रदूर्षण रोक्न सरकारले बेवास्था गरेको भन्दै नेपाल समाजवादी पार्टीको खबरदारी

काठमाडौ । नेपाल समाजवादी पार्टीले वातावरण प्रदूर्षण रोक्न सरकारले बेवास्था गरेको भन्दै सरकारको ध्यान आकृष्ठ गर्न आज काठमाडौंको माईतीघर मण्डेलमा प्लेकार्ड सहित सडकमा प्रर्दशन गरेको छ । प्लेकार्डमा स्वच्छ वायु , लामो आयु ,हेल्लो सरकार प्रदूर्षका नाममा उठाएको कर जोड १४ अर्ब ७९ करोड पुगे छ , नेता बस्छन एसीमा , जनता धुलोमा जस्ता नारा लेखिएका थिए ।

र्यक्रमा समाजवादी पार्टीकी युवा नेतृ मानुषी यमी भट्टराईले बढ्दो वायु प्रदूर्षण र यसले बालबालिका देखि आम नागरिकमा ल्याएको स्वास्थ्य जटिलता,देशब्यापी डढेलो नियन्त्रणमा सरकारको उदासिनता ,पर्यावरणीय संकटबारे सरकारको जवाफदेहीताहिन ब्यबहार र रोकथाममा गरेको बेवास्था प्रति खवरदारी गर्न एवं स्वच्छ वातावरणको संबैधानिक मौलिकहक सुनिश्चत गर्न खवरदारी कार्यक्रम गरेको बतानु भयो ।कार्यक्रममा बिद्यार्थी नेता नेत्र चापागाईले सरकारले प्रदूर्षका नाममा उठाएको कर जोड्दा १४ अर्ब ७९ करोड पुगे पनि त्यसको सदुप्रयोग गरी प्रदूषण नियन्त्रणमा ध्यान नदिएकोले खबरदारी स्वरुप कार्यक्रम गरेको बताउनु भयो ।