एपिएफको लगातार जित

ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा टी-२० क्रिकेटमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो खेलमा जित निकालेको छ। सोमबार एपिएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको बागमतीले ६ विकेटको क्षतिमा ७३ रन जोड्यो। उसका लागि हेलिशा गुरुङले ३१ रन र खुसी डंगोलले १४ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।

बलिङमा एपिएफकी करुणा भण्डारीले ४ विकेट र सीता रानामगरले २ विकेट लिइन्। ७४ रनको लक्ष्य एपिएफले २ विकेटको क्षतिमा ११ ओभरमा पूरा गर्‍यो। उसका लागि ममता चौधरीले ३५ रन र इन्दू बर्माले १७ रन बनाए।