sann news .com मा मिति २०८१ साल वैशाख २१ का दिन सहकारी ठगिमा एमाले नेता शीर्षकमा प्रकाशित समाचारमा राईको ज्याकेट कारखाना संचालन गर्न ३०औँ लाख रकम लिएको भन्ने समचार प्रति आपत्ति जनाउदै राईको ज्याकेट कारखानाका अध्यक्ष बालकुमारी राई र संञ्चालक सदश्य मानध्वज राईले sann news .com मा ईमेल मार्फत खण्डनमा पठाएका छन । उनीहरुले समाचारमा राइको ज्याकेट कारखाना संचालन गर्न ३०औँ लाख रकम लिएको एक दशक भैईसक्यो ब्याज त के साँवा नै फिर्ता नगरेको भन्ने समाचार संपे्रशण गर्दा आफुहरुको भनाई नराखेको भन्दै आपत्ति जनाएका छन ।sann news .com लाई पठाइएको पत्रमा समाचार साँचो नभएको भन्दै खण्डन प्रकाशित गर्न आग्रह गरिएको छ । निबेदकहरुको भनाई अनुसार राईको ज्याकेटका सम्मवन्धमा प्रकाशित समाचार खण्डन गएिको छ ।

















