राष्ट्रियसभा बैठक स्थगित, नेविसंघद्वारा गृहमन्त्रीविरुद्ध संसद् भवन अगाडि प्रदर्शन

राष्ट्रियसभा बैठक स्थगित भएको छ । आज शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १:१५ सम्मका लागि स्थगित भएको हो । कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।

त्यसैगरी, कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले गृहमन्त्री रवि लामिछानेको विरोधमा आज संसद् भवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।