फिल्म ‘आचार्य’ असार ७ रिलिज हुने

स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा बनेको फिल्म पुन: रिलिज गर्न लागेको फिल्मका कलाकार तथा गायक सत्यराज आचार्यले बताए । यसअघि फिल्म सन् २०११ मा रिलिज भएको थियो । १३ वर्षपछि फिल्मलाई पुन: दर्शकमाझ ल्याउन लागिएको हो । गायक आचार्यप्रति ट्रिब्युटको रुपमा फिल्म पुन: हलमा ल्याउन लागिएको हो । फिल्म आगामी असार ७ गतेबाट प्रदर्शनमा ल्याउन लागिएको हो ।

फिल्ममा सत्यराजले भक्तराजको भूमिका निर्वाह गरेका छन् । सत्यराजको अलवा फिल्ममा सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई र विपिन कार्कीको समेत अभिनय छ । प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्म रिलिजका लागि निर्माण युनिटले शनिवार एक कार्यक्रम समेत राखेको छ । कार्यक्रममा फिल्मको नयाँ ट्रेलर रिलिज र अन्य जानकारी दिइने कलाकार आचार्यको भनाई छ