चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ, ५ जेठ स् नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायब महानिरीक्षक ९डिआइजी०मा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डिआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी हुनुहुन्छ