भीड थेगिनसक्नु भएपछि चार धाम यात्रामा जानका लागि अफलाइन नाम दर्ता मे ३१ सम्म बन्द गरिएको छ। त्यसपछि भने तीर्थयात्रीहरूको घुइँचो हेरेर फैसला गरिने बताइएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चार धाम यात्राबारे समीक्षा बैठक गरेका थिए ।
बैठकमा श्रद्धालुहरूको सङ्ख्या नियन्त्रित गर्न दूर अपरेटरहरुका लागि एड्भाइजरी जारी गर्ने निर्देशन दिएका थिए । उत्तराखण्डमा मे १० देखि चार धाम यात्रा सुरु गरिएको थियो । यात्रा सुरु हुने बित्तिकै चारै धाममा क्षमताभन्दा धेरै तीर्थयात्रीहरू पुगिरहेका छन् ।
यात्रा सुरु भएको १० दिनमै २६ लाख भन्दा धेरै तीर्थयात्रीहरूले चार धामको यात्रा गरेका छन् भने यस क्रममा १७ तीर्थयात्रीहरूको मृत्यु भइसकेको छ ।

















