आफ्नो विरुद्ध लेख्नेलाई तर्साउँदै सरकार

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार प्रहरीले पक्राउ गरेपछि त्यसको पक्ष र विपक्षमा तर्क विर्तक निकै चलेका छन । एकथरिले सिरोहियाको पक्राउ, प्रेस माथिको हस्तक्षेप भनेका छन । अर्काथरीले यो अदालति प्रकृया भनेका छन । वास्तविकता के हो त ? यो बुझ्न बिषय बस्तुलाई अंशमा होईन समग्रमा बिष्लेषण गर्नुपर्ने हुन्छ । कैलाश सिरोहियामाथि दुईटा नागरिकता लिएको आरेपमा मुद्दा चलिरहेको छ । अर्थात् उनले बनाएको नागरिकताको नम्बर र जनकपुरकै अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै पाईएपछि उनी माथि दुईवटा नागरिकता बनाएको आरोप छ । प्रहरीले यहि बिषयमा अनुसन्धान गरिरहेको छ । धनुषा जिल्ला अदालतले यहि बिषयमा पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले सिरोहियालई पक्राउ गरेको बताएको छ । सिरोहियाले भने, पहिला बनाएको नागरिकताको प्रतिलिपि लिँदा भुलवस अर्काको नम्बर परेको बताउँदै आएका छन । कसको दाबी सहि वा कसको गलत, यो अदालतले नै तय गर्ला । यसको निर्णय गर्नु, यो लेखको उद्देश्य होईन ।

चर्चा गर्न खोजिएको पक्राउ गर्नुको उद्देश्य नागरिकताकै बिषय हो कि ? देखाउने बिषय अदालतको आदेश, भित्री बिषय गृहमन्त्री रबि लामिछानेको कान्तिपुर मिडियासंगको रिसईबी प्रमुख बिषय हो, भन्ने हो । लगभग सबैलाई थाहा छ, रबि लामिछानेको सहकारीको पैसा हिनामिनाको बिषयमा कान्तिपुर दैनिकले निरन्तर समाचार लेख्दै आएको छ । उसले रबिलामिछानेले सहकारीबाट पैसा लिएका नयाँ नयाँ तथ्यहरु सार्वजनिक गर्दै आएको थियो । यसअघि पार्सपोर्ट र नागरिकता काण्डमा पनि कान्पिुरले निरन्तर समाचार लेख्दै आएको थियो । यहि बिषयमा उनले पत्रकार सम्मेलनमै १२ भाई भनेर मनपरि बोलेका थिए ।

अदालतकै आदेशको कुरा गर्ने हो भने पनि अहिले दर्जनौ व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएपनि खुलेरै हिडिरहेका छन । कैलाश सिरोहियालाई पनि तिमी प्रहरीमा हाजिर होउ भने उनी आफै प्रहरीकोमा जाने थिए । उनी यहि बिषयमा कतै भागेर जाने थिएनन । पक्राउनै गर्दा पनि घरमै जान पनि सक्थे मिडियाकै अफिसमा जानु भनेको रबिले मेरो बिरोध गर्नेलाई यस्तै गर्दछु भनेर अप्रत्यक्ष धम्कि दिएका हुन । यो कैलाशलाई पक्रेर अरुलाई तर्साउने चाल मात्र हो । मिडियामाथिको हस्तक्षेप हो । रबि आफैले पनि दोहोरो नागरिकताको मुद्दा खेपेकै हुन । सिरोहियाले खेप्नु नयाँ बिषय होईन । अदालतको आदेश पालना नगर्ने भन्ने होईन पालना गर्नु पर्दछ तर सिराहिया भाग्ने थिएनन । आफै प्रहरीकोमा जाने थिए त्यसैले मिडिया हाउसमै गएर पक्राउ गर्नु गृहमन्त्री बदला भाव प्रमुख बिषय हो ।

यो बदलाभावले गृहमन्त्रीलाई तत्काल आनन्द आए पनि दिर्घकालीन रुपमा हानी गर्ने छ । उनले तर्साउन खोज पनि गलतलाई गलत भनेर लेख्न पत्रकार जगत डराउने छैन । सिरोहिया असल हुन भन्ने पनि हाम्रो भनाई होईन । उनका तमाम गल्ति हुन सक्छन, ती अनुसन्धान गर्न राज्यका निकाय स्वतन्त्र छन । भन्न खोजिएको के मात्र हो भने जसरी मिडिया हाउसमै गएर मिडिया संचालकलाई पक्राउ गरियो, यो मिडिया तर्सााउन गरिएको खेल हो ।