नेप्सेमा ३.९७ अंकको गिरावट

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३.९७ अंकले घट्दै २ हजार ७९.०७ अंकमा झरेको हो । नेप्से सूचक घटेसँगै आज कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन १३ अंकमाथिले नेप्से बढेको बजारमा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको थियो ।

२४७ कम्पनीको सेयर कारोबार भएकोमा आज ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज माइक्रो फाइनान्स समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एन्ड प्रो समूहको उपसूचक १।०५ प्रतिशतले घटेको छ भने माइक्रो फाइनान्स समूहको उपसूचक २।४३ प्रतिशतले बढेको छ ।