चेपाङ समुदायको वेदनाको कथा समेटिएको वृत्तचित्र ‘पचेडा’को ट्रेलर सार्वजनिक भएको छ। कुनै हरहर फिल्मको झल्को पस्किएको उक्त ट्रेलर कुनै काल्पनिक कथा वा हरहर विसय कस्तु नरहेर बास्तबिक कथामा आधारित रहेको निर्माता दीपेन्द्र केसीको भनाई छ। उनका अनुसार ‘पचेडा’ले मकवानपुरको मनहरी गाउँपालिकास्थित नयाँ वस्ती बसाएर बसेका चेपाङ समुदायका सन्तलाल प्रजाको कथामा आधारित छ।
देब डि प्रोडक्सनको युट्युब च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको छ। वृत्तचित्र मार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्ष कथालाई जस्ताको त्यस्तै पस्किन खोजेको निर्माता दीपेन्द्र केसीले बताए। २०७४ साउन २७ र २८ गतको बाढीले विस्थापित विभिन्न ठाउँका करिब डेढ सय घरधुरी मनहरीको जंगलमा बस्दै आइरहेकोमा अहिले करिब ९० घरधुरीको चेपाङ समुदायको त्यस स्थानमा बसोबास रहेको छ।
वडा नं ४ मनहरी गाउँपालिका सबैभन्दा बढी चेपाङको वस्ती भएको स्थान हो। जीवन धान्नका लागि नयाँवस्ती बसालेका चेपाङ समुदायले भोगिरहेका सकसपूर्ण दैनिकीलाई सरोकारवालासँग अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको निर्माता केसी बताउँछन्। वृत्तचित्रको प्रदर्शन भने छिट्टै सोही चेपाङ वस्तीमा गरिने र अन्य प्रदर्शन अष्ट्रेलिया र अन्य मुलुकमा पनि गर्ने तयारी भइरहेको दीपेन्द्रले बताए। ईश्वर लुइँटेलले लेखेको वृत्तचित्रमा दीपेन्द्र केसी र बिनिता क्षेत्री निमार्ता र बालकृष्ण खड्गी सहनिर्माता रहेका छन्।


















