नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाले आगामी २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको नाउपाको प्रतिनिधि सभामा चार सांसद छन् । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाका एक नेताले बताए ।


















