skip this काठमाण्डौं महानगरपालिका ११

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जन्तेढुङगा गाउँपालिका-६ बस्ने ६३ वर्षीय बलबिर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।