काठमाडौंस्थित ठमेलको एक होटलबाट २० करोडभन्दा बढी परिणाममा लागु औषध(कोकिन)सहित एक विदेशी महिला पक्राउ परेकी छन् । प्रहरीले मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालुलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो ।
होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । साथै, बरामद भएको ५ किलो ८२० ग्रामको कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउछ ।


















