७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ । बसमा चालक, सहचालकसहित ४३ जना थिए । यो समचार तयार पार्दा सम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको थियो ।उद्धारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने उद्धारमा खटेको प्रहरी टोलीले जनाएको छ ।


















