चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर बस पल्टिएको छ। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस आज दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पल्टिएको हो ।अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको थियो । बस दुर्घटनामा घाइते हुनेको संख्या २५ पुगेको छ । घाइतेलाई चितवनको विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ।


















