१७ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । केन्द्रीय नेतृत्वले सहमति गरेको २ महिनापछि केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित एमाले सरकारमा सहभागी भएको हो ।एमालेका तर्फबाट पद्मासहित कृष्ण पाठक, मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् ।


















