हामीले आजभन्दा १ हप्ता अगाडि समाचार विश्लेषण कार्यक्रममा इन्द्रजात्राको अन्तिम दिन कुमारी रथबाट लडेको र गणेश रोयको खबर प्राथमिकताका साथ प्ररसारण गरेका थियौं र सम्बन्धीत पक्षलाई चनाखो हुन सचेत गराएका थियौं । तर दुर्भाग्य आफ्नो भजन गाउनमा मात्र व्यस्त गैरजिम्मेवार सरकारले हाम्रो आग्रहलाई नजर अन्दाज गरयो । फलस्वरुप देश बाढी पहिरोको चपेटामा पर्न गयो । यसबाट २ सय १७ जनाको मृत्यु भयो भने १ सय ४३ जना घाइते हुन पुगे र अझै २८ जना वेपत्ता छन् ।
घट्ना के थियो ? यो पटक इन्द्रजात्राको अन्तिम दिन जात्रा देखाउने क्रममा कुमारी लडिन् भने गणेश
रोए । काठमाडौं बासीले कुमारी रुनुलाई अशुभको संकेत मान्दै आइरहेको छ । कुमारी मात्र होइन गणेश पनि यो पटक रोएका छन् । कुमारी रथबाट बाहिर ल्याउने क्रममा लडिन भने कुमारी लडेपछि गणेश रोएका हुन् । त्यस्तै समयबजि चढाउने क्रममा गणेश र कुमारी माथि समयबजि चढाउनु पर्नेमा केही अराजक तत्वले जथाभावि अन्य चिज फालेपछि गणेश रोएका थिए ।
२०८१ साल श्रावण ५ गते शनिबार दिउँसो १:४७ बजे एकाएक दोलखा भिमसेनको शिलाबाट पसिना आउन थाल्यो । शुरुमा बायाँ बाट आएको पसिना पछि दायाँबाट र पुन: बिचबाट आएको पुजा व्यवस्थापन समितिले जानकारी दिएको थियो । दोलखा भिमसेनको शिलाबाट पसिना आउनुलाई काठमाडौं उपत्यकामा शुभ संकेतको रुपमा लिइदैन । भनिन्छ–दोलखा भिमसेनको शिलाबाट पसिना आउनु भनेको देशमाथि ठूलो संकट आउँदै छ भन्ने संकेत हो । विभिन्न समयमा यसरी नै पसिना आउँदा देशमा अनिष्ट भएको हामी सबैले महशुस गरेकै कुरा हो । यस अघि वि.सं. २०५१ सालमा पनि पसिना आउँदा तत्कालिन राजा विरेन्द्रको पुरा परिवार विनाश भएको थियो भने २०७२ मा पनि भुकम्प पूर्व यसैगरी पसिना आएको स्थानीय बताउँछन् ।
यसरी दोलखा भिमसेनमा यस पटक पनि करिब ३ दिनसम्म पसिना आएको समाचार आयो र ३ दिनपछि सौर्य एयरलाइन्सको काठमाडौंबाट पोखरा जान लागेको विमान एकाएक आगलागी भई त्यसमा सवार १८ जनाको ज्यान गयो । त्यस्तै रसुवातिर जान लागेको हेलिकप्टर दुर्घटना भयो । यसरी एक पछि अर्को अनिष्टको संकेत देशमा देखा परी रहेको छ । जानकारहरु र बुढापाका यसपालिको घटनालाई सामान्य नभई विशेष अनिष्टको रुपमा विश्लेषण गरेका थिए ।
देश बाढी पहिरोको विपतमा परिहँदा सिंहदरबार र गाउँमा रहेको सिंहदरबार कहिं कतै पनि जिम्मेवार देखिएन । मौसमविज्ञान विभागले करिब २ दिन अघि नै लगातार ठूलो वर्षा र बाढीको सम्भावना औंल्याएर विज्ञप्तीनै जारी गरेको थियो तर सरकार उक्त विज्ञप्तीलाई नै देखाएर गैर जिम्मेवार बन्न गयो । सिंहदरबार बाट २० किलोमिटरको दुरीमा ५ जना निमुखा नागरिक उद्धारको पर्खाइमा ५ घण्टा पर्खिरहे, बाढिको बिचमा चिल्लाइ रहे तर सिंहदरबारमा बस्ने वैरो सरकारले उनीहरुको रोदन सुनेन र सुन्न चाहेन । अन्तत: भिजिविलिटीलाई कारण देखाई सरकार पन्छिन खोज्यो ।
भिजिविलिटीको कारण हेलिकप्टर उड्न नसकेपनि ५ घण्टामा त मानिस पैदलै हिडेर उक्त स्थान पुग्न सक्थ्यो तर सरकार पन्छिने कारण खोज्न थाल्यो । विपद व्यवस्थापनको नाममा विभिन्न देशमा लर्को लाएर भ्रमण गर्ने, तालिम सेमिनार भनेर जनताले तिरेको रकमको अपचलन गर्ने विपत व्यवस्थापन कार्यालय, विपतको त्रासदीमा भने डोरी नभएको लाइफ जाकेट नभएको जस्ता अत्तिनै गैर जिम्मेवार तर्क दिएर पन्छिन खोज्यो ।
घटना घटिसक्यो उद्धारमा सरकार चुक्यो, असफल भयो तर अझै राहत र पुनरस्थापनाकोलागि जिम्मेवारी सरकारको काँधमा छ । दशैंको मुखमा राहात र पुनरस्थापनाको पर्खाइमा रहेको नागरिकको पीडा उचित समयमै सम्बोधन होस् नत्र टोल–टोल र केन्द्रमा रहेको सिंहदरबारको औचित्यतामाथि प्रश्न उठ्ने छ ।


















