सेयर बजार सामान्य अंकले बढ्यो

साताको अन्तिम दिन सेयर बजार २.४७ अंकले बढेको छ। आज नेप्से परिसुचक २७४५ मा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो ।
८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।
गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५.१२, रावा इनर्जीको मूल्य ५.१२ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ५.१९ प्रतिशत मूल्य घट्यो । मिडसोलु हाइड्रोपावरको ५.०३, सामुदायिक लघुवित्तको ४.४७, सपोर्ट माइक्रोफाइनान्सको ३.४१, विशाल बजार कम्पनीको ३.१६ तथा आत्मनिर्भर लघुवित्तको ३.०४ प्रतिशत मूल्य घट्यो ।